६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोलुखुम्बुको नेचासल्यानमा एमालेको पक्षमा उर्लियो जनलहर



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा नेकपा एमालेले स्थानीय चुनाव लक्षित बृहत सभा सम्पन्न गरेको छ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न चुनावीसभामा उपस्थिति र जनलहरले नेचा सल्यानमा एमालेको जीत सुनिश्चित रहेको प्रमाणित गरेको चर्चा चल्न थालेको छ।सभामा बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि एमालेको तर्फबाट जारी प्रतिबद्धता पत्रसमेत सार्बजनिक गरिएको थियो। सभालाई प्रमुखअतिथि नेकपा एमालेका केन्द्रीय सदस्य राई,बिशिस्ट अतिथि पूर्ब प्रदेश राज्यमन्त्री एबम् प्रदेश क का सांसद उत्तमकुमार बस्नेत,प्रदेश सचिवालय सदस्य महेश किराँती र नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष समेत रहेका नेचासल्यान गाउँपालिकामा सो पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार डुफकुमार बास्तोला लगायतका बक्ताहरुले आ-आफ्नो धारणा राखेका थिए।बक्ताहरुले नेचासल्यानमा एमालेको पक्षमा देखिएको व्यापक जनलहरले ३० गते प्रक्रिया पुर्याएर एमालेको बिजय घोषणा गर्नमात्रै बांकी रहेको बताएका थिए। नेचासल्यानमा कांग्रेस-माओवादीका छुट्टाछुट्टै उम्मेदवार देखिए पनि उनीहरूबीच अघोषित सांठगाँठ रहेको केन्द्रीय सदस्य मानबीर राईले बताए।नेचाबाट नै उम्मेदवार खडा गर्दा डुफकुमारलाई हराउन सकिन्छ भनेर माओवादीबाट भुपेन्द्र कटेललाई माओवादीले उम्मेदवार बनाएको केन्द्रीय सदस्य राईको भनाई थियो। नेचासल्यानमा निर्बाचन जित्नका नेपाली कांग्रेसले जातीय नारा लगाउन थालेको चर्चा व्यापक रहेको बताउँदै राईले भने,- “पहिला नेकपा माओवादी केन्द्रले जातीय नारा लगाउंदा उ तेस्रो भयो,अब तेस्रो हुने पालो कांग्रेसको हो।

“उनलेेनेचासल्यानको बिकासका लागि एमालेका उम्मेदवार डुफकुमार बास्तोलाको प्यानलाई नै बिजयी गराउन नेचासल्यानबासीलाई आग्रह समेत गरे। नेकपा एमाले १ नं प्रदेश कमिटीका सचिवालय सदस्य महेश किराँतीले राजनीतिक रूपमा कुनै पनि एजेन्डा नभएपछि नेपाली कांग्रेसले जातीय राजनीति गर्न सुरु गरेको आरोप लगाए।उनले किराँतीको नारा दिएर कांग्रेस अगाडी बढे त्यो एमालेका लागि सह्य नहुने किंरातीको भनाई थियो।किराँतीले कांग्रेसका अध्यक्षका उम्मेदवार धन्जन राईले सबै वडामा केन्द्र बाँड्दै हिंडेको आरोप पनि लगाए।वहाँ ५ वटै वडामा केन्द्र बाँडदै हिंड्नुभएको छ, कतिवटा वडालाई बांड्नुहुन्छ? उनले प्रश्न गरे। पूर्बप्रदेश राज्यमन्त्री बम् सोलुखुम्बु प्रदेश क का सांसद उत्तमकुमार बस्नेतले कांग्रेसको पहिचान समाप्तिको बाटोतिर अघि बढेको बताए।उनले भने, ‘राजनीतिक रूपमा एक्लै प्रतिस्पर्धा गर्न नसक्ने भएपछि कांग्रेस अप्राकृतिक गठबन्धन गरेर एमालेसंग प्रतिस्पर्धा गर्न खोजीरहेको छ।तर अब उ केहि समयमै भारतको कांग्रेस आईजस्तो आफैं सकिएर जानेछ।’ कार्यक्रममा डण्डीकेसर कटेल,माधव कटेल,खिलनाथ कटेल,नवीन राई लगायत दुई दर्जन बढी कांग्रेस एमालेका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ४० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.