६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

भोलिदेखि काठमाडौंमा मदिराजन्य पदार्थ बिक्रि बितरण गर्न नपाईने



काठमाडौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचनको समयलाई ध्यानमा राख्दै बैशाख २७ गतेदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको छ ।
       
            प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । प्रशासन कार्यालयले २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि बैंशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न आग्रह गरेको हो ।
      त्यस्तै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित तथा अनुमति लिएका सवारी साधनहरु बाहेकका अन्य सवारी साधनहरु बिहान ६ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नु नगराउनु हुन प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.