१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

आईतवार सार्बजनिक बिदा भएपछि सेयरबजार शुक्रवार खुल्ने



 काठमाडौं।नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
         नेप्सेले नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागू हुने गरी शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गर्ने निर्णय गरेको हो । नेप्सेले भने आइतबारको सट्टामा शुक्रबार शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ । अबदेखि सातामा पाँच दिन नै शेयर कारोबार हुनेछ ।
       यसअघि बन्द रहेको शुक्रबारको सट्टा आइतबार बन्द गरेको हो । नेप्सेका अनुसार बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ९ : २७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.