१४ फाल्गुन २०८०, सोमबार | Tue Feb 27 2024

एमालेले नेचासल्यानमा भोलि बृहत चुनावीसभा गर्दै



सोलुखुम्बु : नेकपा एमाले नेचासल्यानले सोमबार बृहत चुनावी सभाको आयोजना गर्ने भएको छ। यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनलाई लक्षित गर्दै आयोजना गरिने सो चुनावी सभामा पार्टीको घोषणापत्रसमेत सार्बजनिक गरिने गाउँपालिका कमिटीका अध्यक्ष जगनाथ बाँस्तोलाले जानकारी दिनुभयो।

चुनावी सभालाई पार्टीका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राई तथा प्रदेश साथै जिल्ला कमिटीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेचासल्यानमा एमालेले अध्यक्ष पदका लागी निबर्तमान गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोला तथा उपाध्यक्ष पदका लागी सृजना राईलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : २८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.