५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

नेचासल्यानमा एमालेप्रतिको जनलहर देखेर बिपक्षी अत्तालिएको एमाले अध्यक्ष बास्तोलाको आरोप



सोलुखुम्बु।नेकपा एमालेको तर्फबाट नेचासल्यान गाउँपालिका अध्यक्षका उम्मेदवार डुफकुमार बास्तोलाले एमालेप्रति बढ्दै गएको जनलहर देखेर विपक्षीहरु अत्तालिएको आरोप लगाएका छन् ।

नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष समेत रहेका बास्तोलाले एक अनलाइनमा प्रकाशित समाचारप्रति प्रतिक्रिया व्यक्त गर्दै सो आरोप लगाएका हुन्।सामाजिक सन्जालमा स्टाटस लेख्दै उनले आफुमाथि लगाईएका लान्छना र आरोप प्रमाणित गरेर देखाउन चुनौती समेत दिएका छन् ।

शुक्रवार एक अनलाइन न्युज पोर्टलले बेनामे उजुरीका आधारमा गत कार्तिक ४ गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई लेखेको पत्रका आधारमा ‘नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाबिरुद्ध भ्रष्टाचारको मुद्दा अख्तियारमा’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

बिपक्षीहरुले आफ्नो चरित्र हत्या गर्न पीत पत्रकारिताको सहारा लिएको दावी समेत उनको छ।
झण्डै ८ महिना अघिको पत्रलाई आधार बनाएर यतिबेला अनर्गल प्रचार गर्नु पीत पत्रकारिताको द्धोतक भएको बास्तोलाको ठम्याई छ।समाचार सार्बजनिक भएकै दिन सामाजिक सन्जालमा प्रतिक्रिया दिंदै अध्यक्षका उम्मेदवार बास्तोलाले निर्वाचनलाई प्रभाव पार्ने यस्ता फण्डा ,तिकडमलाई नेचासल्यानबासी आम जनसमुदाय ले राम्ररी बुझेको उल्लेक गरेका छन् । नेचासल्यान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारप्रति जनताको समर्थन बढ्दै गएको देखेर अत्तालिएका बिपक्षीहरुले आफ्नो चरित्र हत्या गर्न पित पत्रकारिताको सहारा लिएको बास्तोलाको आरोप छ।

बास्तोलाले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, नेकपा एमालेप्रति जनताको समर्थन बढ्दै गएको देखेर पित पत्रकारितालाई आफ्नो मुख्य आदर्श ठान्ने पत्रकारमार्फत मेरो चरित्र हत्या गर्ने प्रयास भएछ । निर्वाचन लाई प्रभाव पार्ने यस्ता फण्डा ,तिकडमलाई नेचासल्यानबासी आम जनसमुदायले राम्ररी बुझेका छन ।म लगातार जनताको सेवामा लागिरहेको छु र मतदाताले मलाइ राम्ररी पहिचान गर्नुहुन्छ । आरोप को प्रमाणित गर्न सम्बन्धित पत्रकारलाई अनुरोध गर्दछु ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : २२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.