काठमाडौं । राष्ट्रिय सूचना आयोगको १५ औं स्थापना दिवसको उपलक्ष्यमा सूचनाको हकका निम्ति विशेष योगदान दिने एक दर्जन अभियन्ता र कर्मचारीलाई पुरस्कृत गरिएको छ ।
उपराष्ट्रपती नन्दकिशोर पुनको प्रमुख अतिथी रहेको एक कार्यक्रममा पुरस्कृतहरुलाई नगद सहित प्रमाण हस्तान्तरण गरिएको छ । उक्त समारोहमा विजय कसजु उत्कृष्ठ पुरस्कार – २०७९ बाट पर्वतकी दुर्गा आचार्य, सप्तरीका कैलाश माझी, कैलालीका उमिद बागचन्द र पर्साका मनोज रौनियारलाई सम्मान पुरस्कार दिइयो ।
यसैगरि उत्कृष्ठ सूचना अधिकारी पुरस्कार – २०७९ उदयपुरका सत्यनारायण हुजदार, तनहुँका गोकर्णराज बला, बाग्लुङका दुर्गाप्रसाद शर्मा, सिन्धुलीका निर्मल लामा तथा हेटौंडाका राजु अर्याललाई दिइयो । त्यसरी नै उप–सचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट तथा नायव सुब्बा हेमन्त रिजाललाई उत्कृष्ठ कर्मचारी पुरस्कार – २०७९ प्रदान गरिएको छ । उपराष्ट्रपती भवन काठमाडौंमा बिहीबार भएको सो कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले सूचनाको हकका सम्बन्धमा आ–आफ्नो मन्तव्य राखेका थिए ।