काठमाडौं।यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरबाट १० जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरले सेवाग्राहीलाई हैरानी दिने गरेको आरोपमा १० जना बिचौलियालाई पक्राउ गरेको हो। सेवाग्राहीहरुलाई अनावश्यक झन्झट दिने, सेवा लिन अवरोध गर्ने र आफूमार्फत सेवा लिन बाध्य बनाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए।
पक्राउ पर्नेहरुमा ललितपुर महानगर–१४ का ३४ वर्षीय सुजन बुढाथोकी, सोही ठाउँका ३९ वर्षीय सुनिल बज्रचार्य, दोलखा गाउँपालिका–७ का ३४ वर्षीय विवके थापा, धनुषाको बटेश्वर गाउँपालिका–५ का २२ वर्षीय विशाल तामाङ, ललितपुर पाटनढोकाका ३६ वर्षीय महेश सुवेदी, रामेछापको लखनपुरका २६ वर्षीय शिव दर्जी, ललितपुरको गोदावरी–१३ का २६ वर्षीय राजेश सुनुवार, बाराको निजगढ नगरपालिकाका २४ वर्षीय रोशन घिमिरे, काभ्रेको शिखर अंबोटेका ३३ वर्षीय कमल लामा र धनुषाको बटेश्वर–७ का ३५ वर्षीय दुनियाबहादुर राउत छन्।
पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।