८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

खुम्बु पासाङल्हामुमा एमालेको प्रचार अभियान सुरु



 सोलुखुम्बु।नेकपा एमाले खुम्बु पासाङल्हामुले स्थानीय तह निर्बाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ।
          खुम्बुको खुम्बीयुल्हाको फेदी खुन्दे गाउँमा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य एबम् नेकपा एमाले प्रदेश १ कमिटी सदस्य सोनाम ग्याल्जेन शेर्पाले घोषणापत्र सार्बजनिक गर्नुभएको हो।गाउँपालिका कमिटीले सुरू गरेको निर्बाचन प्रचार अभियानको उद्घाटन कार्यक्रममा वँहाले आईतवार घोषणापत्र सार्बजनिक गर्नुभएको हो।
        ‘सुशासन, समृद्धि र समाजवादको आधार, पालिका-पालिकामा एमालेको सरकार’ नारा अघि सारेको खुम्बु एमालेलेशिक्षा,स्वास्थ्य,खानेपानी,उर्जा,कृषि,यातायात,बस्ती बिकास र आवास,उद्योग,संस्कृति र पर्यटन,युवा,महिला र सामाजिक सुरक्षाका बिषयमा नयाँ योजना सहितको प्रतिबद्धता अघि सारेको छ। गाउँपालिका कमिटी अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न एमाले खुम्बु पासाङल्हामु गाउँपालिकाको घोषणा पत्र एवं प्रतिवद्धता पत्र सार्बजनिक कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिव एबम् नेकपा एमाले खुम्बु पासाङल्हामू गाउँ कमिटी ईन्चार्ज तथा नेकपा एमाले खुम्बु पसाङल्हामु गाउँपालिका अध्यक्षका उम्मेद्वार मिङमाछिरी शेर्पा, जिल्ला कमिटी सदस्य एबम् उपाध्यक्षका उम्मेद्वार टासील्हामु शेर्पा, जिल्ला कमिटी सदस्य एवं वडा नं ४ को वडाध्यक्षका उम्मेद्वार लक्ष्मण अधिकारी, जिल्ला कमिटी सदस्य एबम् वडा नं ४ का ईन्चार्ज छिमीछिरी शेर्पा, ४ नं वडा कमिटी अध्यक्ष दावानुरू शेर्पा, राष्ट्रिय युवा संघ जिल्ला कमिटी उपसचिव एबम् गाउँपालिका ईन्चार्ज फुनुरू शेर्पा, युथफोर्स गाउँ कमिटी ईन्चार्ज ङवाङ छिरी शेर्पा, पुर्व जिल्ला कमिटी सदस्य एवं गाउँ कमिटी सदस्य पेमा छोसाङ शेर्पा, गाउँ कमिटी सदस्य एवं महिला सदस्य उम्मेद्वार क.ङिमा याङजीन शेर्पा, खुन्दे टोल कमिटी ईन्चार्ज फुर्वागेल्जेन शेर्पा, वडा सदस्यका उम्मेद्वार पासाङडोमा शेर्पा, दलित महिला सदस्यका उम्मेद्वार किरीमाया विश्वकर्मा लगायत खुन्देबासीहरुको उपस्थिति रहेको जिल्ला कमिटी सदस्य एवं गाउँपालिका कमिटी निर्वाचन परिचालन कमिटी तथा प्रचार प्रसार प्रमुख ल्हाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो।
          कमिटीले आईतवार खोन्देबाटै राष्ट्रिय सभा सदस्य शेर्पाकै अगुवाइमा उम्मेदवारसहित गाउँपालिका कमिटीका पदाधिकारीहरुले घरदैलो अभियान सुरु गरिएको छ।अभियान फोर्चे हुँदै आज पाङबोचे पुगेको अध्यक्षका उम्मेदवार मिङमाछिरी शेर्पाले जानकारी दिए।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ५८ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.