६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

हप्ताको दुईदिन बिदा दिने सरकारको निर्णय



काठमाडौँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, बैठकले शशस्त्र प्रहरीको शशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डिआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ३ : ०१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.