६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

स्थानीय तह निर्वाचनका लागि झण्डै एक लाख ३० हजार उम्मेदवारद्वारा उम्मेदवारी दर्ता



काठमाडाै।आउँदो ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ भने कतै बागी उम्मेदवारी परेको छ । यस्तै, कतै निर्विरोध छ । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राति अबेरसम्ममा एक लाख ३० हजारको हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ तर यो सङ्ख्या घटबढ हुनसक्छ ।

विवरण अद्यावधिक भइरहेकाले यो तथ्याङ्क अन्तिम नभएको उहाँको भनाइ छ। केही ठाउँमा नेटवर्कमा समस्या भएकाले विवरण अद्यावधिक गर्न ढिलाइ भएको छ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुने उहाँले बताउनुभयो । उहाँकाअनुसार आज मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशनको तयारी भइरहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.