६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

आयोगले गर्‍यो सबै स्थानीय तहमा निर्बाचन अधिकृत कार्यालयको स्थापना



 काठमाडौं। यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आज बिहीवार भएकाे नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सात सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताउनुभयाे ।

उहाँले अब पालिकाको चुनाव नरोकिने बताउँदै शङ्का नगर्न आग्रह गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालयमा आज सञ्चारकर्मीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावको तयारी अन्तिम चरणमा पुगेको भन्दै वैशाख ३० गते जसरी पनि चुनाव हुने दाबी गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयमा चुनावका लागि आवश्यक सामग्री पुर्याउने काम पनि भइरहेको उहाँले बताउनुभयो । वैशाख ३० गते हुने पालिका चुनावका लागि आउँदाे ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ११ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.