६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेचासल्यान वडा नं २ को वडाध्यक्षमा एमालेले बनायो गौतमलाई उम्मेदवार



सोलुखुम्बु।नेकपा एमाले नेचासल्यानले गाउँपालिकाको वडा न २ मा अध्यक्षसहित सदस्यहरुका उम्मेदवार सर्बसम्मत रूपमा चयन गरेको छ। पूर्बमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीको गृह वडा रहेको वडा नं २ मा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य रहेका कृष्णप्रसाद गौतमलाई एमालेले उम्मेदवार बनाएको हो।
         लामो राजनीतिक अनुभव संगालेका गौतम स्थानीयस्तरमा निकै लोकप्रिय मानिन्छन् । सोही वडाको खुला वडा सदस्यद्वयमा राजु नेवार र बाबुराम बस्नेत ,महिला सदस्यमा अनिता राई र दलित महिला सदस्यमा सन्चमाया दमाईलाई चयन गरिएको नेकपा एमाले गाउँपालिका कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाले जानकारी दिए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : १९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.