२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

भरतपुरमा माओवादीको मेयरलाई कांग्रेसले भोट नहाल्ने



चितवन।केन्द्रीय तहमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने सहमति भएपछि चितवनका कांग्रेस नेताहरूले अपत्ति जनाएका छन् ।
  उनीहरुले यसपटक कुनै हालतमा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । गत निर्वाचनमा पनि भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो । त्यसबेला कांग्रेसबाट दिनेश कोइरालाले उम्मेदवारी दिएका थिए । केन्द्रीय सभापति शेरबहादुर देउवाले पत्राचार गरेर उनको उम्मेदवारी फिर्ता लिएका थिए । हाल कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार समेत त्यस्तो निर्णय गर्न नमिल्ने बताएका छन् ।
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको उनको भनाइ छ । कोइरालाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ ।’ चितवनका समस्त कांग्रेसजन र आमजनताको विचार तथा भावनाविपरीत अन्य पार्टीलाई मेयरमा समर्थन गर्न नसकिने उनले बताएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : ३६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.