३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

गभर्नर निलम्बन प्रकरण : बैशाख १३ गते दुबै पक्षलाई बोलायो सर्बोच्चले



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैकका निलम्बित गर्भनर महाप्रसाद अधिकारीलाई कुनै कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश हरिप्रसाद फूयाँलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाइ बोलाएको छ । अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्ने विषयमा दुवै पक्षलाइ बोलाइएको हो । त्यतिन्जेलसम्म २४ गतेको मन्त्रिपरिषद् निर्णय र २५ गतेको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानविन समिति गठनसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका थिए । कुनै गल्तीविनै प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको भन्दै अधिकारीले सरकारको निर्णय नै खारेजीको मागदाबी गर्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.