सोलुखुम्बु ।नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी ओलिले सोलुखुम्बु जिल्लाको समग्र बिकासका लागि स्थानीय तहको निर्बाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न सोलुबासीहरुलाई आग्रह गर्नुभएको छ।

हाल सत्तामा रहेका गठबन्धनकारी दलहरू जनतालाई देख्ने बित्तिकै निर्बाचनसंग तर्सन गरेको दावी गर्दै अध्यक्ष ओलीले एमालेको दवावले निर्बाचनको मिति घोषणा गर्न बाध्यभए पनि उनीहरू अझै निर्बाचन सार्ने षड्यन्त्रको तानाबाना बुनिरहेका आरोप लगाउनु भयो। सत्तारुढ गठबन्धन बिप्लवलाई देखाएर निर्वाचन सार्न खोजि रहेको बताउंदै वहाँले भन्नुभयो,घोषित मितिमै निर्बाचन नगरिए एमालेले आन्दोलनको आँधिबेहरी ल्याउने चेतावनी दिए।ओलीले मन्चबाटै गठबन्धनकारीहरुको षड्यन्त्र बिरुद्ध हुने आन्दोलनमा सहभागी हुनका लागि तयार रहन सम्पूर्ण देशबासीहरुलाई आव्हान समेत गर्नुभएको थियो । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा पुर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा सोलुदुधकुण्ड नपा वडा न २ का वडाध्यक्ष मिङमार दोर्जी शेर्पासहित सयौं नेता कार्यकर्ता विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।नवप्रबेशीहरुलाई अध्यक्ष ओलीसंगै प्रदेश नं १ का पूर्बमुख्यमन्त्री शेरधन राई लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो।