सोलुखुम्बु।नेपाली काँग्रेसका प्रभावशाली नेता एबम सञ्चार उद्यमी आङकाजी शेर्पाले नेपाली कांग्रेस परिवारवाद,गुट र उपगुटको फोहोरले थुप्रीएको डंगुर भएको बताएका छन् ।
जिल्ला सदरमुकाम सल्लेरीमा सोमबार आयोजित एक कार्यक्रममा एमाले प्रवेश गर्दै शेर्पाले सो कुरा बताएका हुन्।आफू लामो समयसम्म जिम्मेवार नेताका रूपमा नेपाली कांग्रेसमा कृयाशील रहेको बताउंदै उनले अब यो देश कांग्रेस जस्ता झुन्डहरुबाट नचल्ने देखेर आफू एमालेमा प्रवेश गरेको स्पष्ट पारे।एमाले यो देशको एकमात्र निर्बिकल्प शक्ति भएको उनको भनाई थियो।
नेकपा एमाले बाहेक अब अरु कसैले पनि यो देशको नेतृत्व गर्न नसक्ने बताउंदै शेर्पाले भने,-‘एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा यो तथ्यको पुष्टि गरिसक्नु भएको छ।’ एमाले अध्यक्ष ओली जस्तो साहसिक र राष्ट्रभक्त नेतृत्वलाई अनेकौं तिकडम लगाएर अहिलेका गठबन्धनकारीहरुले सत्ताबाट हटाउंदा देश अहिले टुहुरो जस्तै बनेको उनको भनाइ थियो।देशले अहिले पनि एमाले अध्यक्ष ओलीको नेतृत्व खोजिरहेको बताउंदै शेर्पाले एकीकृत शक्ति निर्माणमा अब ढिलाइ गर्नु नहुने ठानेर आफु यो पार्टीमा प्रवेश गरेको जिकिर गरे। एमाले जोगाउन निर्भिक सिपाहीका रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने,- ‘किन के देश जोगाउने पार्टी भनेकै एमाले हो,देश जोगिए राजनीति जोगिन्छ,राजनीति जोगिए लोकतन्त्र र गणतन्त्र जोगिन्छ।’