९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

एमाले केन्द्रीय सचिवालय बैठक भोलि बस्ने



काठमाडौं।प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

‘प्रतिबद्धतापत्रलगायत स्थानीय तहको निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।बैठक सोमबार बेलुका सांढे ६ बजे बस्नेछ ।उनका अनुसार केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ।

अर्का एक एमाले नेताका अनुसार केन्द्रीय सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवारहरुको विषयमा पनि छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ। मस्यौदा समितिले तयार पारेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिबद्धता पत्र पनि सचिवालय बैठकमा पेश भएर छलफल हुनेछ। एमालेले बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.