५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सबै ठाउंमा तालमेल हुन्छ भनेर भर नपर्न नेताहरुलाई प्रचण्डको आग्रह



 काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजबादीले स्थानीय तह निर्बाचनमा औकातभन्दा बढी सिट खोजेको आरोप लगाएका छन् ।

प्रचण्ड निवास खुमलटारमा शुक्रबार बसेको माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा प्रचण्डले चुनावी तालमेलका क्रममा माधवकुमार नेपालको पार्टीले औकात भन्दा बढी सिट मागेको बताएको एक नेताले बताए। स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा तालमेल हुन्छ भनेर भर पर्न नहुने उनको भनाई थियो। ‘कतिपय ठाउँमा सत्तारूढ दलसँगै गठबन्धन हुन्छ होला। कतिपय अन्य दलहरूसँग पनि हुनसक्छ।

हामीले एक्लै लड्ने ठाउँ पनि हुन्छन्,’प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने,’माधवजीको पार्टीसँग पनि तालमेल हुन्छ होला। तर उहाँको पार्टीले आफ्नो औकात बिर्सिएर धेरै मागिरहेको छ। त्यसैले अलि कठिन छ।’ अरू पार्टीबाट प्रवेश गरेकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने\नबनाउनेबारे छलफल गर्न जरूरी रहेको समेत प्रचण्डले बताएका थिए। ‘हामीले जति प्रवेश गराउनु थियो गराइसकेका छौं। अब प्रवेश गराउनेबारे सोच्नुपर्छ। किनकि पार्टीमा आउनसाथ भाग खोज्न सक्छनन’-प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले भने।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : ५७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.