५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

गत निर्बाचनमा कांग्रेसबाट निर्बाचित माप्यदुधकोशीका दुई वडाध्यक्ष एमालेमा प्रवेश



सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्बाचित २ जना वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। पालिकाको केन्द्र रहेको बासा खास्तावमा आयोजित कार्यक्रममा ०७४ को स्थानीय तह निर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्बाचत वडाध्यक्षद्व्य दिनेश कुमार राई र सगुजित राई सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।दिनेश गाउँपालिकाको वडा नं ६ र सगुजित ७ नं वडाका वडाध्यक्ष हुन्। एमाले गाउँपालिका कमिटी अध्यक्ष जुनितामाया मगरको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा उनीहरूसहित मणिकुमार राई, मागबिर राई , प्रसान्त राई र मणि राई लगायतका दर्जन बढी कांग्रेसका स्थानीय नेताहरुलाई एमाले केन्द्रीय सदस्य मानबीर राई,प्रदेश कमिटी सदस्य समेत रहेका प्रदेश नं १ नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,सचिब आशकुमार राई ‘शिशिर’ र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई लगायतका नेताहरुले स्वागत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य राई,प्रदेश कमिटी सदस्य राजभण्डारी र जिल्ला कमिटी अध्यक्ष बास्तोलाले एमाले जनताको आफ्नै पार्टी भएकाले पांच दलमात्रै होइन अरु दल थपिएर गठबन्धन गरेपनि कसैले हराउन नसक्ने दावी गरेका थिए। उनीहरूले नवप्रबेशीहरुलाई योग्यता अनुसारको उचित जिम्मेवारी प्रदान गरिने बताउंदै सूर्यचिन्हधारी उम्मेदवारलाई बिजयी गराउन एमालेमा आवद्ध हुन अन्य पार्टीका कार्यकर्ताहरुलाई आव्हान समेत गरेका थिए। कार्यक्रममा बोल्दै नवप्रबेशी वडाध्यक्षद्वयले कांग्रेस दिन प्रतिदिन कम्जोर र नीतिहिन बन्दै गएका कारण त्यसमा भविष्य नदेखेर आफुहरु एमालेमा प्रवेश गरेको बताएका थिए।वडाध्यक्षद्वयको एमाले प्रवेशपछि माप्यमा कमजोर रहेको कांग्रेस झन कमजोर बनेको गाउँपालिका कमिटी अध्यक्ष मगरले बताईन्।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ४ : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.