३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले घ्याङखर्क पिकमा फोटो प्रतियोगिता गरिने



सोलुखुम्बु।घ्याङ्खर्क पिकको पर्यटन प्रबर्द्धन गर्ने हेतुले अनलाइन एकल फोटो प्रतियोगिता आयोजना गरिएको छ ।

सोलुखम्बु जिल्ला र खोटाङ जिल्लाको सिमानामा सामुन्द्रिक सतहबाट करिब ३ हजार सात सय७ मिटरमा अवस्थित घ्याङखर्क पिकको प्रबर्द्धन गर्ने हेतुले अनलाइन एकल फोटो प्रतियोगिता आयोजना गरिएको हो । विसं २०७९ मा पाँच हजार पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको प्रतियोगिता घ्याङखर्क चौरी फार्मले आयोजना गरेको हो ।

पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचारप्रसारको अभावमा गुमनाम घ्याङ्खर्क पिकलाई विश्वमाझ परिचित गराई पर्यटनमार्फत यस क्षेत्रका स्थानीयको जीविकोपार्जनमा टेवा पुर्याउन प्रतियोगिताले भूमिका खेल्ने आयोजकको अपेक्षा छ । प्रतियोगितामा सहभागि हुन चाहने व्यक्तिले घ्याङ्खर्क पिकमा खिचिएको फोटो आयोजकलाई भाइबर र व्हाटसएप नम्बर ९८४२९४९८४७ मार्फत २०७९ चैत्र १ गते भित्र पठाई प्रतियोगितामा सहभागिता जनाउन सकिने बताईएको छ। आयोजक घ्याङ्खर्क चौरी फार्मको फेसवुक पेजमा अपलोड गरिएको प्रतियोगिताको फोटो लाइकको आधारमा आगामी २०८० वैशाख १ गते विजेता घोषणा गरिने छ ।

प्रतिस्पर्धीमध्ये प्रथम, द्वितीय,तृतीय, चौथो र पाँचौं ले क्रमश नगद रु.५ हजार,४ हजार ,३ हजार २ हजार र रु.१ पुरष्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । पर्यटकीय दृष्टिकोणले यस्ता हजारौं पर्यटकीय स्थल रहेता पनि स्थानीय सरकारले ठोस प्रवर्द्धनात्मक गतिविधि गर्न नसकिरहेका बेला निजी क्षेत्रबाट भएको यो प्रयास प्रशंसनीय छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ८ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.