१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

कम्तिमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन जिल्लालाई प्रचण्डको सर्कुलर



 काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।
          माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका हुन्।
   पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि निकै महत्वपूर्ण हुने माओवादी नेतृहरुको भनाई छ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १० : ४४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.