८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

भरतपुर महानगरको मेयरमा एमालेबाट पूर्ब प्रदेशमन्त्री सुवेदी भिड्ने



भरतपुर।नेपाली कांग्रेस र माओवादी केन्द्रको निर्बाचन तालमेलका कारण नेपाली राजनीतिमा संधै चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकामा पूर्ब प्रदेशमन्त्री समेत रहेका बाग्मती प्रदेश सांसद बिजय सुबेदीले नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिने भएका छन् ।
              सत्तारुढ गठबन्धनबीच कस्ले पाउँने भन्ने बिषयमा गलफत्ती भइ रहेका बेला आइतबार बसेकाे एमाले भरतपुर महानगरपालिका कमिटीको बैठकले सर्वसम्मत रूपमा मेयरका लागि सुवेदीकाे नाम सिफारिस गरेकाे हाे । सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी भएका थिए।भरतपुर महानगरपालिकाको मेयर हाल प्रचण्डपुत्री रेणु दाहाल मेयर छिन् ।
 उनले अघिल्लो निर्बाचनम एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन । कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुंदा आआफुले पाउँनुपर्ने अडानमा छन् । अझ माओवादी केन्द्र ले त कुनैपनी हालतमा भरतपुर नछाड्ने बताईरहेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ७ : ५५ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.