६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्दै



काठमाडौं।पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्ने भएको छ ।
बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको बताईएको छ । प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो ।
जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो । २२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : ५३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.