३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

सोलुखुम्बुमा राष्ट्रिय युवा संघको युवा भेला,मार्चपास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न



सोलुखुम्बु।नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले बृहत शक्ति प्रदर्शन गरेको छ।

       सदरमुकाम सल्लेरीमा आयोजना गरिएको जिल्ला युवा भेला, मार्चपास तथा प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन अघि सोलुदुधकुण्ड नगरपालिकाको जोरबौद्दबाट सुरु मार्चपासमा सयौं युवाहरूलाई स्वतस्फूर्त उतारेर राष्ट्रिय युवा संघले बृहत् शक्ति प्रदर्शन गरेको हो। युवासंघद्वारा आयोजित र्‍यालीमा एमाले केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राई,नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,पूर्बराज्यमंत्री समेत रहेका प्रदेश सांसद उत्तमकुमार बस्नेत,१ नं प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती,एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला लगायत समेत सहभागी रहेको सो मार्चपास फाप्लु पुगेर फर्किएपछि जिल्ला समन्वय समितिको प्रांगणमा आएर समापन भएको थियो।मार्चपासले एमाले नै सोलुखुम्बु जिल्लाको पहिलो शक्ति भएको प्रमाणित भएको स्थानीयको भनाइ छ। कार्यक्रमको औपचारिक उद्घाटनपछि जिल्ला समन्वय समिति को हलमा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल लगायतका बक्ताहरुले युवा संघको आजको मार्चपासले जिल्लामा गठबन्धनकारीहरुको सातो उडेको बताएका थिए। बक्ताहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउंदै सर्बसम्मत उम्मेदवार चयनका लागि पनि नेताहरुलाई दवाव दिनु आवश्यक रहेको बताएका थि

 आफुहरु संयम भएर अगाडि बढ्दा पनि कोहि आई लाग्छ भने उ माथि जाई लाग्न युवा संघका कार्यकर्तालाई निर्देशन दिंदै एमाले नेताहरुले सुरक्षाको ग्यारेन्टी पार्टीले दिने बताएका थिए। कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका एमाले केन्द्रीय सदस्य राईले पांचदलीय गठबन्धनलाई पांचवटा ढोडको संज्ञा दिंदै त्यसलाई एउटा फलाटको लौरो काफी हुने बताए ।एमाले फलाँटको लौरो भएको उनको दावी थियो।उनले पांचदलीय गठबन्धन भैंसी र बाख्राको मिलन जस्तै अप्राकृतिक भएको टिप्पणी गरेका थिए। युवा संघ नेपाल सोलुखुम्बुका अध्यक्ष प्रवेश किरांतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष पौडेल,अतिथिहरु एमाले प्रदेश-१ संसदीय दलका प्रमुख सचेतक राजभण्डारी,प्रदेश १ संगठन कमिटीका सचिवालय सदस्यद्वय बस्नेत र महेश किराँती,जिल्ला कमिटी सोलुका अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्कबहादुर राई,एमाले जिल्ला कमिटी सोलुका सचिवालय सदस्य एबम् सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई र युवा संघ सोलुखुम्बुका इन्चार्ज बीरुदास श्रेष्ठले सम्बोधन गरेका थिए। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ सोलुखुम्बुका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए।‍यालीमा एमाले केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राई,नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,पूर्बराज्यमंत्री समेत रहेका प्रदेश सांसद उत्तमकुमार बस्नेत,१ नं प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती,एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला लगायत समेत सहभागी रहेको सो मार्चपास फाप्लु पुगेर फर्किएपछि जिल्ला समन्वय समितिको प्रांगणमा आएर समापन भएको थियो।मार्चपासले एमाले नै सोलुखुम्बु जिल्लाको पहिलो शक्ति भएको प्रमाणित भएको स्थानीयको भनाइ छ। कार्यक्रमको औपचारिक उद्घाटनपछि जिल्ला समन्वय समिति को हलमा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल लगायतका बक्ताहरुले युवा संघको आजको मार्चपासले जिल्लामा गठबन्धनकारीहरुको सातो उडेको बताएका थिए। बक्ताहरुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउंदै सर्बसम्मत उम्मेदवार चयनका लागि पनि नेताहरुलाई दवाव दिनु आवश्यक रहेको बताएका थिए।आफुहरु संयम भएर अगाडि बढ्दा पनि कोहि आई लाग्छ भने उ माथि जाई लाग्न युवा संघका कार्यकर्तालाई निर्देशन दिंदै एमाले नेताहरुले सुरक्षाको ग्यारेन्टी पार्टीले दिने बताएका थिए। कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका एमाले केन्द्रीय सदस्य राईले पांचदलीय गठबन्धनलाई पांचवटा ढोडको संज्ञा दिंदै त्यसलाई एउटा फलाटको लौरो काफी हुने बताए ।एमाले फलाँटको लौरो भएको उनको दावी थियो।उनले पांचदलीय गठबन्धन भैंसी र बाख्राको मिलन जस्तै अप्राकृतिक भएको टिप्पणी गरेका थिए। युवा संघ नेपाल सोलुखुम्बुका अध्यक्ष प्रवेश किरांतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष पौडेल,अतिथिहरु एमाले प्रदेश-१ संसदीय दलका प्रमुख सचेतक राजभण्डारी,प्रदेश १ संगठन कमिटीका सचिवालय सदस्यद्वय बस्नेत र महेश किराँती,जिल्ला कमिटी सोलुका अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्कबहादुर राई,एमाले जिल्ला कमिटी सोलुका सचिवालय सदस्य एबम् सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई र युवा संघ सोलुखुम्बुका इन्चार्ज बीरुदास श्रेष्ठले सम्बोधन गरेका थिए। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ सोलुखुम्बुका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ०७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.