८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

खुम्बुको नाम्चे र मन्जोमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन



खगिन्द्रराज बास्तोला सोलुखुम्बु ।घर घर जाउ काङ्ग्रेस जिताउ अभियान सहित खुम्बुको खुम्बुको नाम्चे र मन्जोमा नेपाली काङ्ग्रेसको टोल कार्यसमिति गठन भएको छ ।

भने नाम्चे बाट नेकपा एमाले पार्टी परित्याग गरि ५ जना नेपाली काङ्ग्रेस प्रवेश गरेको छ । नाम्चेमा सम्पन्न अन्तर्कृया कार्यक्रम बाट कमल बहादुर तामाङको अध्यक्षता मा ३५ जनाको सदस्यता रहने गरि टोल कार्यसमिति गठन भएको छ भने उपाध्यक्ष मा दोर्जी लामा सचीवमा आङ नुरु शेर्पा र सह सचीवमा आङ दावा शेर्पा र सुला बिक चयन भएको छ ।

नाम्चेको कार्यक्रम खुम्बु पसाङ ल्हमु गाउँ पालिका वाड नम्बर ५ को वाड सभापति मिङमा शेर्पा र उप सभापति दावा फिन्जो शेर्पाको उपस्थितिमा सम्पन्न भएको थियो उक्त कार्यक्रममा नाम्चे बाट नेकपा एमाले पार्टी परित्याग गरि ५ जनाले नेपाली काङ्ग्रेस प्रवेश गरेको छ । नबपर्बेशी हरु मिङमा तामाङ , मेखे बराइली , फुर्बा तामाङ , सानुमाया बिक र गोबिन्द बराइली रहेको खुम्बु काङ्ग्रेस कमिटीमा सचीव अर्थात प्रबक्ता पासाङ शेर्पाले जानकारी दिनु भयो । यता खुम्बु पसाङ ल्हमु गाउँ पालिका वाड ३ मा सम्पन्न भेलाले लाक्पा नुरु शेर्पाको अध्यक्षतामा २७ सदस्य कार्यसमिती गठन भएको छ ।

भने फुर्बा गेल्जेन शेर्पाको अध्यक्षता मा २२ सदस्य तरुण दल र ङ तेम्बा शेर्पाको संयोजक र मिङमा नुरु शेर्पाको सह संयोजक्त्वमा ६ सदस्य सल्लाहकार समिती गठन भएको छ । हिमाल एफएम संगको सम्बादामा प्रबक्ता शेर्पा बोल्नु हुदै मन्जोमा सम्पन्न अन्तर्कृयामा साबिक चौरिखर्क गाबिसा १ का सम्पुर्णको उपस्थितिमा कार्यासमिती गठन भएको र टोल कार्य समितीमा उपाध्यक्षमा ल्हेमी शेर्पा र लाक्पा छिरी शेर्पा ,सचीवमा ङिमाले शेर्पा र सहसचिवमा पासाङ तेन्जिङ शेर्पा र राण बाहादुर पान्डे चयन भएको बताउनु भयो भने उक्त भेला बाट गठित तरुण दलमा भने उपाध्यक्षमा प्रेम कुमार तामाङ , सचीवमा आस्बिर बन र सह सचीवमा मिङमा तेम्बा शेर्पा चयन भएको बताउनु भयो।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ४६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.