सोलुखुम्बु।स्थानीय तह निर्बाचनमा गठबन्धन गरेर जाने बिषयले नेपाली कांग्रेस सोलुखुम्बुमा लफडा उत्पन्न भएको छ।
सभापति नाम्गेलजाङवु शेर्पाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने भन्दै गठबन्धनकारी दलहरूसंग संयुक्त बिज्ञप्तिमा हस्ताक्षर गरेपछि तीन पदाधिकारीले छुट्टै अर्को बिज्ञप्ति जारी गरि त्यसप्रति तीब्र बिरोध जनाएका छन् ।
सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुसंगै शुक्रबार सभापति शेर्पाले गठबन्धनको पक्षमा संयुक्त बिज्ञपति जारी गरेका थिए। त्यसबिरुद्ध कांग्रेस जिल्ला कार्यसमितका उपसभापतिद्वय फुदोर्जी शेर्पा, घनराज सुनुवार र सचिव युवराज घिमिरेद्वारा जिल्लाको ८ वटै स्थानीय तहमा कांग्रेस गठबन्धन गर्ने पक्षमा नरहेको भन्दै अर्को प्रेस वक्तव्य जारी गरेका छन्। सभापति शेर्पाले गठबन्धन गरिने र तीन पदाधिकारीले गठबन्धन नहुने भन्ने विषयले कांग्रेस सोलुखुम्बुको राजनीति दुई धारमा विभाजित भएको छ।गठबन्धनको पक्षमा हस्ताक्षर गर्ने सभापति शेर्पा संस्थापन र तीन पदाधिकारी संस्थापनइतर पक्षमा रहेका छन् ।