५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

सोताङ : एमालेले सक्यो तीनवटा वडामा घरदैलो अभियान



सोलुखुम्बु।नेकपा एमाले सोताङले स्थानीय तह निर्बाचनको तयारीलाई तीब्रता दिएको छ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनलाई मध्यनजर गर्दै सो पार्टीले उम्मेदवार छनौट प्रक्रियासंगै घरदैलो अभियानलाई तीव्रता दिएको युवा संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका जिल्ला कमिटी प्रचार बिभागका सदस्य निरकुमार राइले जानकारी दिए। राईका अनुसार झण्डै एकसाता अघि सुरु भएको घरदैलो अभियान गाउँपालिकाका ३ वटा वडामा सम्पन्न भएको छ। वडा नं १,३ र ५ मा सम्पन्न घरदैलो अभियानका क्रममा मतदाताहरुबीच गाउँपालिकाको बर्तमान नेतृत्वले गरेका कामहरूबारे जानकारी गराउंदै त्यसबारे उनीहरूको प्रतिक्रिया सुन्ने काम भएको राईले बताए ।

सोताङ गाउँपालिकामा गत स्थानीय तह निर्बाचनमा नेकपा एमालेले बिजय हांसिल गरेको थियो।गाउँपालिकामा हाल बीरबहादुर राई अध्यक्ष र उपाध्यक्ष लक्ष्मी कार्की बस्नेत उपाध्यक्ष छन् ।घरदैलो अभियानका क्रममा मतदाताले व्यक्त गरेको धारणाका आधारमा फेरि पनि नेकपा एमालेको जित सुनिश्चित रहेको दावी सोताङ एमालेको छ। घरदैलो अभियानका क्रममा १ नं वडामा वडा कमिटी इन्चार्ज लक्ष्मी कार्की बस्नेत र अध्यक्ष डिल्लीबहादुर राईसहित जिल्ला कमिटी उपाध्यक्ष हर्कबहादुर राई,जिल्ला कमिटी सदस्य प्रकाश कार्की,गाउँपालिका कमिटी अध्यक्ष राई तथा मनसरी राई लगायत वडा कमिटी र टोल कमिटीका नेताहरुको सहभागिता रहेको थियो।

यस्तै ३ नं वडामा इन्चार्ज दाताराम गौतम र अध्यक्ष प्रदीप कार्कीसगैं जिल्ला कमिटी सदस्य कार्की,नेता अम्मीरकाजी बस्नेत सहभागी थिए भने ५ नं वडामा इन्चार्ज पृथु कार्की र अध्यक्ष छत्रबहादुर राईसहित गाउँ कमिटी इन्चार्ज धनकुमार बिक,अध्यक्ष राई,जिल्ला कमिटी सदस्य कार्की,तारा कट्वाल लगायत वडा र टोल कमिटीका अन्य नेताहरुको सहभागीता रहेको राईले बताए।बांकी वडामा पनि छिट्टै घरदैलो अभियान सन्चालन गरिने उनको भनाई छ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १ : ३१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.