६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

माओवादी केन्द्रबाट निर्बाचित वडा सदस्यसहित ३६ जना एमालेमा प्रवेश !



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्बाचित वडा सदस्य सहित ३६ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गाउँपालिकाको ९ न. वडा कमिटीको आयोजनामा बुधबार सम्पन्न विस्तारित बैठक तथा राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ घोषणा कार्यक्रममा सोही वडाबाट निर्बाचित वडा सदस्य पूर्णिमाया तामाङ सहित ३६ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको जिल्ला कमिटी सदस्य तथा थुलुङ दुधकोशी निर्बाचन प्रचार संयोजक सिमसन किरांतीले जानकारी दिए।

नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश क का सांसद उत्तमकुमार बस्नेतको प्रमुख आतिथ्य तथा पालिका इन्चार्ज श्यामकुमार राई तथा गाउँपालिका कमिटी अध्यक्ष उदयनारायण बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा योगेन राईकाे अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल र परिता तामाङको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघ वडा कमिटीको घोषणा गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष समेत रहेका एमाले नेता भुपालसिं राई, जिल्ला कमिटी सदस्यहरु गोपाल घिमिरे, आङबाबु राई, रामचन्द्र कार्की लगायतका नेताहरुको उपस्थिति रहेको किराँतीले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.