६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

(बैतडी) शंकरपुरका जनता, प्रकाश कुँवर को पर्खाइमा !



पूर्व अनेरास्ववियुका केन्द्रीय सदस्य पूर्व बैतडी काठमाडौँ सम्पर्क मन्च कोषाध्यक्ष अहिले परदेश सम्पर्क मञ्च सदस्य समेत रहेका युवा नेता प्रकाश कुँवर सुर्नया 6 वडा अध्यक्षमा पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

उनी पछिल्लो समय समाज सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । सुर्नयाका जनताले आफूलाई विश्वास गर्ने र समाजसेवा गर्ने अवसर दिनेछन् भन्ने कुरामा विश्वस्त भएको कुँवर बताउँछन्। आफूलाई सुर्नयाका जनताले विश्वास गरे सुर्नया लाई बैतडीकै नमुना वडा बनाउने उनको भनाई रहेको छ ।

उनले वडा भित्र पाँच वर्ष भित्रमा एक घर एक रोजगारी सिर्जना गर्ने, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनमा बढी जोड दिने बताउनुभयो । उहाँले आफूलाई सुर्नयाका जनताले विश्वास गरे ( स्वाथ्य,शिक्षा, बिजुली तथा खानेपानी निःशुल्क गर्ने पनि बताउनुभयो । आफुले सुर्नया 6 वडा अध्यक्षमाको नेतृत्व लिन पाएमा उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने क्षमता आफुमा रहेको र गाउँपालिकामा अहिले देखिएका हरेक समस्याको समाधान गर्न सक्नेमा आफु विश्वस्त रहेको कुँवरको भनाई छ । राज्य व्यबस्था, संरचना र देशमा आमुल परिर्वतनका लागी आफुहरु लडेको र अहिले आफुले नागरिकको सच्चा जनप्रतिनिधि भएर काम गर्न ईच्छा ब्यक्त गरेकाले नागरिकहरुले आफुलाई वडा अध्यक्षमा चुन्नेमा समेत कुँवर आशावादी देखिएका छन् ।

सुर्नया 6 भुगोलको हिसाबले पनी बिकट क्षेत्र भएकाले गाउँपालिकावासीहरु अझैसम्म पनी उचित खालको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी तथा विद्युतको पहुँच भन्दा बाहिर रहेकाले यस्ता समस्या समाधान गर्नु नै आफ्नो एजेण्डा रहेको नेता कुँवरले बताएका छन् । कृषिमा क्रान्ती गर्दै सीपलाई श्रमसंग र श्रमलाई बजारसगं जोड्ने उनको एजेण्डा रहेको छ । यस्तै अहिले गाउँपालिकामा असक्षम नेतृत्व रहेका र जनताले दुःख भोगीरहेको समेत उनको आरोप छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.