८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

ग्यांस सिलिन्डर विस्फोट हुंदा तीन बालबालिकाको मृत्यु !



सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो ।

घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उनको उपचारको लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : ३४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.