३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

देउवा किन रूदै मोदी संग पुगे ? युवा नेता रामप्रसाद रिजाल !



प्रधानमंत्री शेर बहादुर देउवाको भारत भ्रमण राजकीय औपचारिक अनौपचारिक या अरू कुन स्तरको हो भन्ने खुलाइएन । नेकपा एमालेले चुनाव जित्ने भो भन्दै केही समय यता देउवा जताततै डाका छोडेर रुदै हिडिरहेका छन । देउवा आफ्नै पार्टी को केन्द्रीय समिति को बैठकमा पनि एमाले संग एक्लै त के गठबंधन गर्दा पनि नजितिने भो भन्दै बैठकमा रुए पछि कांग्रेस का अन्य नेताहरूले देउवाको आशु नै पुछ्नुपर्यो ।

तीनै तह स्थानीय प्रदेश र केन्द्र मा एमालेले शानदार बहुमत सहित जित्ने देशव्यापी रूपमा जनलहर र राजनेता केपी बाको क्रेज देखे पछी देउवा रातभर नै निदाउन सकेका छैनन ।

५ दलीय गठबंधनले चुनाव मा एमाले संग नराम्रो हार ब्योहोर्ने पक्का भएपछि गठबंधन को अघोषित पार्टनर खोज्न देउवा मोदीलाई भेटन नया दिल्ली गएका त होइनन ? देउवा भारत जानु भनेको चुनाव जिताई माग्नू हो भारत संग तर देउवालाई हेक्कै भएन मोदीलाई भेटेर विजपीको कार्यालय मा गएर भोट पाईदैन जनताको घरदैलो मा जानु पर्छ भन्ने कुरा ।

एमालेलाई कांग्रेस र गठबंधनले चुनाब जित्न सक्दैनन किनभने एमालेले कांग्रेस र गठबंधन लाई धुलो चटाईदिन्छ भन्ने कुरा जगजाहेर छ ।

एकदमै गम्भीर रुपमा ध्यान दिनुपर्ने कुरा के हो भने भारत भ्रमण जानु अघाढी देउवाले प्रचण्ड माधव मोहनविक्रम सिंह जस्ता भुरे टाकुरे पार्टी संग गठबंधन गर्ने घोषणा गरे । कसै गरी पनि एमालेलाई जित्न नसक्ने देउवाले घोषणा समेत गरे।

लिपुलेक कालापानीको देउवाले उच्चारण नगर्नु सिमा विवाद मात्र भन्नु संयुक्त पत्रकार सम्मेलन मा भारतीय प्रधानमंत्री मोदीले सिमा बिवाद बारे केही नबोल्नु देउवाको भनाई नक्कली हो भन्ने स्पष्ट हुन्छ ।

मनमोहन अधिकारी को सरकारले सबै भन्दा पहिले सन् १९५० को सन्धी फेर्नुपर्ने कुरा उठाएको थियो । देउवाले सो सन्धी बारे बोलेनन अर्थात देउवा सरकार को भ्रमणको उद्देश्य राष्ट्रीय स्वाभिमान र देशहित विपरीत छ ।

कालापानी लिपुलेक समेटेर नेपाल को सार्वभौम संसदले प्रस्ताव पारित गरेर नया नक्सा समेत जारी गरेको छ । संसदले समेत उच्च प्राथमिकता राखेको नेपाल को मानचित्र मा समेत परिसकेको लिपुलेक र काला पानी उच्चारण नगरी सिमा समस्या बारे कुरा गरे भन्नु देश र जनता प्रति देउवाको गद्दारी हो ।

उवाले षड्यंत्रमुलुक ढंगले भारत भ्रमण गरेको उनको गतिविधिले नै स्पष्ट पारेको छ ।देउवाको भ्रमण को बेला भारतको राजधानी नया दिल्ली स्थित नेपाल को राजदुतावास बाट चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखियो देउवाको भ्रमण भित्रको नीति नियत र दाउपेच बुझ्न यो एउटा प्रकरण काफी छ ।

देउवाको भ्रमण रहस्यमय किन बन्यो भने देउवाले लिखितममा केही पनि गरेनन बकितममा भने धेरै कुरा गरे।

नेपाली कांग्रेस तथा शेर बहादुर देउवा नाकाबंदी को बेला नाकावन्दी शब्द उच्चारण भएको थिएन अहिले काला पानी लिपुलेक पनि उच्चारण भएन कांग्रेसले खास खास बेलामा खास शब्द उच्चारण गर्दैन । काला पानी लिपुलेक पनि कांग्रेस र देउवाको मुखबाट सुन्न नपाईने भयो । गठबंधन र देउवा सरकारले भत्काएको परराष्ट नीति चुनाव बाट जनादेशले मात्र सच्चयाउन सक्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.