३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

मालेले जितेमात्र वास्तविक रूपमा मधेस र मधेसीको हित हुन्छ :एमाले अध्यक्ष ओली।



रौतहट । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेले जितेमात्र वास्तवमा मधेस र मधेसीको हित हुने भन्दै अहिले मधेसका सबै वर्गको साथ र माया नेकपा एमालेले पाइरहेको भन्दै यस पटक मधेसमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन्।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य कन्थमणि जयसवाल सो पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गराउंदै ओलीले सो कुरा बताएका हुन। उद्योग वाणिज्य संघ रौतहटका पूर्वअध्यक्षसमेत रहेका जयसवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा टिका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले इमान्दारिताकाको साथमा समाज र जनताको हितमा लाग्दै पार्टीलाई अब आउने स्थानीय तहको निर्वाचनमा विजयी गराउन एकढिक्का भएर लाग्न जयसवाललाई निर्देशन दिए। जयसवालयले गत आम निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बन्दै ७ हजार ८८१ मत ल्याएर तेस्रो भएका थिए । त्यसैगरी गत स्थानिय निर्वाचनमा जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाबाट स्वतन्त्र नगर प्रमुख लडेका उनले १ हजार ३५९ मत ल्याएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.