६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

नेपालको एकमात्र रेलको उद्घाटन आज हुंदै ।



 काठमाडौ।नेपालको एकमात्र रेल्वे सेवा आजदेखि सञ्चालनमा आउन लागेको छ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिउँसाे साढे १२ बजे संयुक्त रूपमा रेल्वे सेवाको भर्चुअल रूपमा उद्घाटन गरेपछि रेल सेवा सञ्चालनमा आउन लागेकाे हाे ।

भारतको जयनगरमा रेल्वेलाई सजाउने कामसमेत पूरा भइसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । यसैगरी, जनकपुरधामस्थित रेल्वे स्टेसनमा मञ्च निर्माणको काम पनि पूरा भइसकेकाे छ ।

नेपाली समय साढे १२ वजे भारतको जयनगरस्थित नेपाली स्टेसनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ । जयनगरबाट आउने रेलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्नेछिन् । मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ । जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्नेछिन्

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : १४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.