३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

राष्ट्रिय भूमि आयोग सोलुखुम्बुको अध्यक्षमा राई |



काठमाडौं।राष्ट्रिय भूमि आयोग सोलुखुम्बुको अध्यक्षमा उत्रमान खालिङ नियुक्त भएका छन्।

नेपाली कांग्रेस सोलुखुम्बुका सहसचिव राईलाई बिहिवार बसेको मन्त्रीपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो।बैठकले उनीसहित ४३ जनालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो।

नवनियुक्त आयोगका जिल्ला अध्यक्षहरुलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले बिहीबार नै सपथ गराएका थिए।आयोगका २८ जिल्ला अध्यक्षहरुले भने यस अघि नै सपथ लिएका थिए। उनीहरूलाई जिल्ला भित्रका सुकुम्बासी र भूमिहिनहरुको पहिचान गरि लालपुर्जा बितरण गर्ने कार्यादेश छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.