५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

गम्भीर रोगीहरुलाई मासिक ५ हजार दिने निर्णय निर्णय कार्यान्वयनका लागि कार्यबिधी तयार।



काठमाडौं।तत्कालीन स्वास्थ्यमन्त्री दिपक बोहराको पालामा चार बर्ष अघि घोषणा भएको गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ले अहिले आएर सार्थकता पाएको छ।
        ०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा स्वास्थ्य मन्त्री दिपक बोहराले सो कार्यक्रम ल्याएका थिए।सो सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि बर्तमान सरकारले कार्यबिधी निर्माण गरेसंगै मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार रुपैयाँ पाँउने भएका हुन्।
             मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले यो रकम पाउँछन् । हाल उपलब्ध गराइरहेको सुविधा पनि कायम रहने गरी औषधिका लागि पाँच हजार दिने निर्णय भएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार यससम्बन्धी कार्यविधि जारी गर्दै कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । १३ चैतको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । ‘अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि खर्चबापत मासिक पाँच हजार पाउनेछन्,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  १० : ३९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.