२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

भरतपुरको मेयरमा माओवादी केन्द्रको दावी रहन्छ : प्रचण्ड



काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

चितवनमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले आगामी स्थानीय तहको निर्वाचनमा महागर र उपमहानगरमा सत्ता साझेदार दलबीच तालमेल हुने बताए। मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पनि महानगर र उपमहानगरमा केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको भोलिपल्ट गृहजिल्ला चितवन पुगेका दाहालले भरतपुरमा माओवादीको दाबी रहने बताएका हुन्।

“निर्वाचनमा तालमेल के हुन्छ भन्ने थियो, नेपाली कांग्रेसले हिजो एउटा निर्णय गरिसकेपछि गठबन्धनबीच आवश्यक तालमेल हुन्छ भन्ने कुरा क्लियर भएकै छ,” दाहालले भने, “भरतपुरमा हाम्रो दाबी छँदै छ।” यसअघिको स्थानीय तहको चुनावमा पनि भरतपुर महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो। महानगरको मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह निर्वाचित भएका थिए।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ५ : ०० बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.