काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेसंग एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आफ्नो विश्लेषण सुनाउंदै कांग्रेसको मुख्य लडाइँ केपी ओली र एमालेसंग भएकाले एक्लाएक्लै चुनाबमा जान नसकिने बताएका हुन्।बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पौडेलले एमालेलाई साइजमा राख्न पनि निर्वाचनसम्म गठबन्धन कायम पराख्नुपर्ने बताएका थिए ।
‘हामीले माओवादी र एकीकृत समाजवादीको अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ’, पौडेल भनेका थिए , ‘हामीले साथ नदिए उनीहरु एक्ला एक्लै चुनावमा जाने अवस्था छैन । काँग्रेसले गठबन्धन नगरे माओवादी र समाजवादी एमालेसँग गठबन्धन गर्छन् । त्यसपछि हाम्रो अवस्था के छ साथीहरूलाई थाहा छैन र ?’, पौडेलको प्रश्न गरे । शुक्रबारबाट सुरु भएको बैठक मंगलबार ३ बजे पुनः बस्नेगरी सकिएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए ।