८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

खुम्बु पासाङल्हामुको बेङकार र छुमोवामा एमालेको टोल कमिटी |



सोलुखुम्बु। जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ बेङकार र छुमोवामा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ ।

टोल कमिटी ईन्चार्ज कामिछीरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले २६ सदस्यीय टोल कमिटी गठन गरेको हो । नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी उपसचिव एवं खुम्बु पासाङल्हामु गाउँपालिका कमिटी ईन्चार्ज मिङमाछिरी शेर्पाको प्रमुख आथित्यता रहेको बैठकमा जिल्ला कमिटी सचिवालय सदस्य टंक कालिकोटे, गाउँपालिका कमिटी सचिव नुरूजाङबु शेर्पा, युवा संघ जिल्ला कमिटी उपसचिव फुनुरू शेर्पाको पनि उपस्थिति रहेको थियो ।

टोल कमिटीको ईन्चार्ज कामिछिरी शेर्पा, सह ईन्चार्ज रिन्जी शेर्पा, अध्यक्ष लाक्पा गेल्जेन शेर्पा, उपाध्यक्ष पेम्बा तेण्डी शेर्पा, सचिव पासाङ ग्याल्जेन तामाङ , उपसचिव मिङमाछिरी शेर्पा रहेको जिल्ला कमिटी सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिए। प्रचार बिभाग सदस्य समेत रहेका शेर्पाका अनुसार सदस्यहरूमा फुर दोर्जि शेर्पा, राम बहादुर बन, नाम्गेल दोर्जि शेर्पा, कमल बहादुर राई, ल्हेमी शेर्पा, ङिमा डोमा तामाङ, आङ गेलु शेर्पा, ल्हाक्पा तामाङ, पाल्देन डोमा शेर्पा, तारा राई/शेर्पा, फुर किन्जुम शेर्पा, फुर छिकी शेर्पा, पेमा दिकी शेर्पा, लाक्पा याङजी शेर्पा, मिङमा छम्जी शेर्पा, पासाङ ग्याल्जेन शेर्पा, लाक्पा फुटी शेर्पा, मिङमा दोर्जि शेर्पा, टासी छोगेल शेर्पा र राम काजि राई रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ५ : ४४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.