६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

स्वदेश फर्किए चिनियाँ बिदेशमन्त्री वाङ यी।



काठमाडौं।तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार अपरान्ह स्वदेश फर्किएका छन्। विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।
स्वदेश फर्कनुअघि विदेशमन्त्री वाङ यीले आइतबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका थिए। विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्माओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

​      भेटवार्तामा नेताहरुले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्‍याएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्तामा उनीहरूबीच युगौँ पुरानो नेपाल–चीन मैत्रीबारे विचारविमर्श भएको थियो ।

त्यस्तै एमाले अध्यक्ष ओलीले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार तीनदिने भ्रमणका लागि काठमाडौं आएका वाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ८ : ३९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.