७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

निर्बाचन आयोगका कतिपय काम खेदजनक भएको एमाले अध्यक्ष ओलीको भनाई ।



काठमाडौं।प्रमुख बिपक्षी दल नेकपा एमाले स्थायी समितिको बैठक महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा सुरु भएको छ।
       गत हप्ता सो पार्टीको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो।ती बैठकले गरेका निर्णयका साथै बैठकमा आसन्न
निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
     स्थायी कमिटीको सुरु स्थायी समिति बैठकलाई सम्बोधन गर्दै आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका कतिपय क्रियाकलाप खेदजनक र सत्तापक्षलाई फाइदा दिने ढंगले अघि बढेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले मतपत्रको रङ बदल्ने,उम्मेदवारी मनोनयन दुई दिन गर्ने,एमालेले निष्कासन गरेका व्यक्तिलाई मान्यता दिएर पार्टी दर्ता गर्ने जस्ता क्रियाकलापलाई एमालेले सामान्य रूपमा नलिएको समेत बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ५ : ३७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.