७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

सुबासको रचनामा बासुदेव कट्टेलले निर्माण गरेको ‘जन्मदिनको शुभकामना गीत’ युट्युवमा |



काठमाडौं।सुबाश जमरकट्टेलको रचनामा रहेको ‘जन्म दिनको शुभकामना’ बोलको गीत युट्युवमार्फत सार्बजनिक भएको छ।

गाँउले इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको सो गीतमा संगीतकार जसिहाङ राईको संगीत र मुना राईको स्वर रहेको छ । गीतको मिक्सिङ दिनेश राजबाहक र सम्पादन गंगाराम राईले गरेका छन् ।

गीतका परिकल्पनाकार कुन्तादेवी कट्टेलका नातिनीद्वय प्रेमा र सुदेश्ना कट्टेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको गीतको निर्माण भने बासुदेव कट्टेलले गरेका हुन् । हाल गायिका मुना राईको सुमधुर स्वरमा आएको यस गीतको मेल भर्सन अर्थात पुरुष गायन पनि छिटै नै बजारमा ल्याउने तयारी रहेको निर्माता कट्टेलले जानकारी दिए।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : १८ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.