बिराटनगर।सांसद राजभण्डारीलाई निर्माण ब्यबसायी महासंघ प्रदेश-१ द्वारा मानार्थ सदस्यता प्रदान बिराटनगर।
त्रिशक्ति निर्माण सेवाका प्रोपाईटर बुद्धिकुमार राजभण्डारीलाई निर्माण ब्यबसायी महासंघ प्रदेश-१ को मानार्थ सदस्यता प्रदान गरिएको छ। नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका निर्माण ब्यबसायी राजभण्डारीलाई निर्माण ब्यबसायको क्षेत्रमा पुर्याउनुभएको महत्वपूर्ण योगदानका लागि मानार्थ सदस्यता प्रदान गरिएको हो।निर्माण ब्यबसायी महासंघ प्रदेश-१ का अध्यक्ष मोहनप्रसाद भण्डारी,प्रथम उपाध्यक्ष कमल प्रसाद गौतम र महासचिव अनसेवक भण्डारीद्वारा हस्ताक्षरित सो मानार्थ सदस्यता पत्र २०७५ साल चैत १८ गतेको निर्णय अनुसार प्रदान गरिएको उल्लेख छ।
महासंघ प्रदेश १ को बिधान परिच्छेद ३ दफा ७ को (ख)मा राष्ट्र निर्माणको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाह गरेका र निर्माण ब्यबसायी महासंघका गरिमामय पदहरुमा आशिन ब्यक्तिलाई मानार्थ सदस्यता प्रदान गर्न सकिने ब्यबस्था छ।