१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

खुम्बु पासाङल्हामू : कार्यबाहक अध्यक्ष शेर्पाद्वारा नाचिपाङमा वडा नं ३ को कार्यालय भवन शिलान्यास |



सोलुखुम्बु ।खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं ३ काे कार्यालय भवनको शिलान्यास गरिएको छ।
       नाचिपाङमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामू शेर्पाले बौद्ध परम्परा अनुसार शुक्रवार शिलान्यास गर्नुभएको हो। वडा नं ३ का वडाध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो कार्यालय भवनको निर्माण कार्य ६ महिना भित्र सक्ने लक्ष्य रहेको बताइएको थियो।
       पालिकाको ३० र जिल्ला समन्वय समितिको ७० प्रतिशत गरि कुल कुल १ करोड ४ लाख लागतमा स्थानीय रेडपाण्डा कन्सट्रक्सनले निर्माण कार्यको जिम्मेवारी लिएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो। हाल पुरानो स्वास्थ्य कार्यालय भवनबाट वडाले सेवा प्रदान गर्दै आएको छ।कार्यालय भवन निर्माणपछि स्थानीयलाइ सेवा प्रवाह गर्न सहज हुने वडाधक्ष्य शेर्पाको भनाइ छ।गाउँपालिकाले यसै आर्थिक बर्षमा वडा नं १,३ र ४ को वडा कार्यालय भवन निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गरेको कार्यक्रममा कार्यबाहक अध्यक्ष शेर्पाले जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.