१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

पोखरेलको नेतृत्वमा एमालेले बनायो घोषणापत्र निर्माण कार्यदल ।



काठमाडौं।नेकपा एमालेले आगामी स्थानीय तह निर्बाचनका लागि घोषणापत्र निर्माणका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल बनाएको छ।

बिहिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले गठन गरेको सो कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह, युवराज खतिवडालगायत नेताहरु रहेका छन्।

कार्यदलले बनाएको घोषणा पत्र पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते सार्वजनिक गरिने रिजालले बताए। उनले ७५३ वटै स्थानीय तहको समस्या र समाधानका विषयमा घोषणा पत्रमा उल्लेख गरिने बताए।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ४१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.