६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

घोषणापत्रबारे मुलुकभरका सबै स्थानीय तहका पदाधिकारीसंग परामर्श गर्दै अध्यक्ष ओली!



 काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन् ।
     पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गर्न लागेका हुन्।
     पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त कार्यक्रम तय गरेको हो। एमालले आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ५९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.