८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा |



काठमाडौं। अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।

न्यायाधीश ढुंगानाको एकल इजलासले किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भयको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिएकाछन ।
शाहविरुद्ध १६ वर्षकी किशोरीलाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको छ । पीडितले आफूमाथि पटक पटक जबर्जस्ति करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।
जाहेरी परेपछि केही दिन सम्पर्क बिहिन भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : २४ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.