६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

एमाले केन्द्रीय समिति बैठक आजबाट, निर्बाचन सम्बन्धि बिषयमा छलफल हुने



काठमाडौं।नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ।

बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिति र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ। यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।बैठक कार्की बैंक्वेट बबरमहलमा हुन लागेको सो बैठक आज र भोलि चल्ने बताइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.