५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

खुम्बु पासाङल्हामू गाउँपालिकाको सुर्केमा एमालेको टोल कमिटी गठन,अध्यक्षमा अनिता राई



सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं-२ सुर्केमा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ।

गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका जिल्ला कमिटी सदस्य लाक्पा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य तथा अर्का जिल्ला कमिटी सदस्य राजु पुरीको बिशेष आतिथ्यमा सोमबार सम्पन्न भेलाले अनिता राई शेर्पाको अध्यक्षतामा १७ सदस्यीय सुर्के टोल कमिटी गठन गरिएको जिल्ला कमिटी सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिए।

कमिटीको उपाध्यक्षमा आङगेलु शेर्पा,सचिब आङरिन्जी शेर्पा,सहसचिवद्व्यमा छिरिङतेण्डी लामा र लाक्पाछम्जी शेर्पा रहेका छन्।लाक्पागेलु शेर्पा इन्चार्ज रहेको सो कमिटीमा फुरादिकी शेर्पा,मिङ्माडोमा शेर्पा,मिङमाछिरी शेर्पा,ङिमा सुम्जोक शेर्पा,फुडोमा शेर्पा,आङरिन्जी शेर्पा,भूमि राई शेर्पा,पेम्बादोर्जी शेर्पा,पासाङडोमा शेर्पा र लाक्पा दोर्जी शेर्पा सदस्य रहेको जिल्ला कमिटी प्रचार बिभागका सदस्यसमेत रहेका शेर्पाले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ११ : १० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.