६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

सोलुखुम्बु : थुलुङ दुधकोशीमा माओवादी र कांग्रेस परित्याग गरि झण्डै ३ दर्जन एमाले प्रवेश



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ बोगल र ७ देउसा नेकपा (एमाले) ले टोल कमिटी गठन गरेको छ।

सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयरसमेत रहेकी एमाले १ नं प्रदेश कमिटी सदस्य कल्पना राईको प्रमुख आतिथ्य तथा जिल्ला कमिटी सचिवालय सदस्य तथा थुलुङ दुधकोशी ईन्चार्ज श्यामकुमार राईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले सोमबार भलाकाजी तामाङको अध्यक्षतामा ४१ सदस्यीय बोगल झरेनी टोल कमिटी तथा तिलक घिमिरेको अध्यक्षतामा १३ सदस्यीय छारानेम टोल कमिटी गठन गरेको जिल्ला कमिटी सचिवालय सदस्य गोपाल घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार भेलाले बिक्रम तामाङको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय युवा संघ र कोपिला खत्रीको अध्यक्षतामा २५ सदस्यीय अनेमसंघ टोल कमिटी समेत गठन गरेको छ।

सचिवालय सदस्य घिमिरे,बिरुदास श्रेष्ठ ,प्रवेश किरांती, जिल्ला कमिटी सदस्य जितेन्द्र बस्नेत र सिम्सन राई तथा गाउँपालिका कमिटी अध्यक्ष उदय नारायण बस्नेत लगायतको उपस्थिति रहेको सोही भेलामा माओवादी केन्द्र परित्याग गरी १६ र नेपाली काँग्रेस पार्टी परित्याग गरी १४ जना नेकपा (एमाले) मा प्रवेश गरेको घिमिरेले बताए । वडा कमिटी अध्यक्ष चतुरमान तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : ०३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.