६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

महराका स्वकीय सचिवले गरे माओवादी परित्याग गरेको घोषणा



दाङ ।पछिल्लो पटक सांसद निर्बाचित भएयता नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराको स्वकीय सचिव रहँदै आएका प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

दाङको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका गरेका शर्माले सामाजिक सन्जालमार्फत आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् । शर्मा माओवादी केन्द्र घोराही उपमहानगर कमिटी अध्यक्षसमेत हुन्।

‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निःस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु,’ शर्माले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ३ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.